
काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत बहराइनसँगको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । बहराइनको राष्ट्रिय रङ्गशालामा गएराति भएको दोस्रो खेलमा नेपाल ३–० ले पराजित भएको हो ।
बहराइनले खेलमा सबै गोल पहिलो हाफमा गर्यो । बहराइनले खेलको सातौं मिनेटमा शुरुवाती गोल गर्न सफल भयो । डिफेन्डर सायद बाकेरले गोल गरेका थिए । बहराइनका लागि १७ औँ मिनेटमा अब्दुल्लाह युसुफले पेनाल्टीमा गोल गरेर अग्रता दोब्बर बनाए । कोमाइल इलसवादले ३६औं मिनेटमा बहराइनका लागि तेस्रो गोल गरे ।
पहिलो खेलमा ५–० को हार बेहोरेको नेपालले दोस्रो खेलमा टोलीमा ४ परिवर्तन गरेको थियो । नेपाल ४ खेलमा अङ्कबिहीन रहँदै समूहको पुछारमा छ । नेपालले यसअघि यूएईसँग ४–०, यमनसँग २–० र बहराइनँंग ५–० को हार बेहोरेको थियो । यूएई १२ अङ्कसहित समूहको शीर्ष स्थानमा छ । यस्तै ९ अङ्क सहित बहराइन दोस्रो र यमन ३ अङ्क सहित तेस्रो छन् । नेपालले दोस्रो चरणमा बाँकी रहेका दुई खेल आउने जुनमा खेल्नेछ ।
Sudina Shrestha
प्रकाशित: १४ चैत्र २०८०, बुधबार ०८:१९
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ