काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत बहराइनसँगको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । बहराइनको राष्ट्रिय रङ्गशालामा गएराति भएको दोस्रो खेलमा नेपाल ३–० ले पराजित भएको हो ।
बहराइनले खेलमा सबै गोल पहिलो हाफमा गर्यो । बहराइनले खेलको सातौं मिनेटमा शुरुवाती गोल गर्न सफल भयो । डिफेन्डर सायद बाकेरले गोल गरेका थिए । बहराइनका लागि १७ औँ मिनेटमा अब्दुल्लाह युसुफले पेनाल्टीमा गोल गरेर अग्रता दोब्बर बनाए । कोमाइल इलसवादले ३६औं मिनेटमा बहराइनका लागि तेस्रो गोल गरे ।
पहिलो खेलमा ५–० को हार बेहोरेको नेपालले दोस्रो खेलमा टोलीमा ४ परिवर्तन गरेको थियो । नेपाल ४ खेलमा अङ्कबिहीन रहँदै समूहको पुछारमा छ । नेपालले यसअघि यूएईसँग ४–०, यमनसँग २–० र बहराइनँंग ५–० को हार बेहोरेको थियो । यूएई १२ अङ्कसहित समूहको शीर्ष स्थानमा छ । यस्तै ९ अङ्क सहित बहराइन दोस्रो र यमन ३ अङ्क सहित तेस्रो छन् । नेपालले दोस्रो चरणमा बाँकी रहेका दुई खेल आउने जुनमा खेल्नेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
