काठमाडौं । नेपालले एसिसी महिला एसिया कप २०२४ खेल्ने भएको छ । । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मंगलबार नेपाली महिला टोलीले एसिया कप खेल्ने जानकारी दिएको हो ।
महिला एसिया कप आगामी साउन ४ देखि १३ गतेसम्म श्रीलङ्कामा हुँदै छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) को विश्वमा महिला क्रिकेटलाई प्रवर्धन गर्ने लक्ष्य अनुरूप एसिया कपमा आठ टिम सहभागी गराउने निर्णय गरेपछि नेपाल भाग्यमानी बनेको हो ।
सन् २०१८ मा छ तथा सन् २०२२ मा भएको पछिल्लो संस्करणमा सात टिमले मात्र खेलेका थिए । सन् २०१२ मा प्रत्येक दुई वर्षमा आयोजना गर्ने निर्णय अनुरूप टी–२० संरचनामा पहिलो पटक महिला एसिया कप खेलिएको हो । तर सन् २०२० मा कारोना महामारीका कारण यो प्रतियोगिता हुन सकेन ।
गत फागुनमा सम्पन्न एसिसी महिला प्रिमियर कपको सेमिफाइनलमा आयोजक मलेसियासँग नाटकीय तरिकाले चार विकेटले हारेपछि नेपालले एसिसी महिला एसिया कपमा खेल्ने अवसर गुमाएको थियो । सो समय एसीसी महिला प्रिमियर कपको फाइनलमा पुग्ने दुई टिम एसिया कपमा खेल्न योग्य हुने प्रावधान थियो । जसअनुरूप नेपाललाई हराएको मलेसिया र संयुक्त अरब इमिरेट्स एसिया कपमा चयन भएका थिए भने नेपाल एसिया कपको सँघारमा रहेर पनि चयन हुन नसकेको पीडासहित घर फर्केको थियो ।
तर अहिले आइसिसीको नयाँ निर्णयपछि नेपाल मात्र होइन, थाइल्यान्डले पनि एसिया कप खेल्न पाउने भएको छ । नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कप खेल्न लागेको हो । यसअघि सन् २०१२ र २०१६ मा पनि नेपाल महिला एसिया कपमा सहभागी भएको थियो ।
एसिसीले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल कठिन समूहमा परेको छ । समूह ए मा रहेको नेपालले उपाधि दाबेदार टिमहरू भारत र पाकिस्तानसँगै एसिसी महिला प्रिमियर कप विजेता युएईको सामना गर्नुपर्ने छ । भारत सर्वाधिक सात पटकको विजेतासँगै गत च्याम्पियन टिम पनि हो । नेपालले आफ्नो पहिलो खेल उद्घाटन दिन पाकिस्तानसँग खेल्ने छ ।
त्यसपछि नेपालले साउन ६ गते युएईसँग र साउन ८ गते भारतसँग खेल्ने छ । समूह बीमा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्यान्ड रहेका छन् । यी दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टिम फाइनलमा पुग्ने छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
