लेखनाथ । पर्यटनको राजधानी पोखरामा भएको पहिलो राष्ट्रिय ड्रागन डुंगा दौडको उपाधि वाटर स्पोट्स नेपाल र नारा नेपालले जितेका छन् । पोखराको दोस्रो ठुलो ताल बेगनासमा भएको प्रतियोगिताको पाँच सय मिटरतर्फ वाटर स्पोट्स नेपाल र दुई सय मिटरतर्फ नेपाल र्याफ्टिङ एसोसिएसन (नारा) नेपाल प्रथम बने ।
दुई सय मिटरको खेल आइतबार र पाँच सय मिटरका खेल सोमबार साँझ भएको थियो । वाटर स्पोट्सले एक मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गरेको थियो । प्रथम बनेको वाटर स्पोट्सले दुई लाख, दोस्रो नारा नेपालले एक लाख ५० हजार र तेस्रो बनेको नेपाली सेनाले ७५ हजार नगदसहित प्रमाणपत्र पाएका छन् । दुई सय मिटरमा प्रथम बनेको नारा नेपालले एक लाख, दोस्रो बन्दै वाटर स्पोट्र्सले ५० हजार र तेस्रो बन्दै हर्पन फेवा मत्स्य सहकारी जलारी समूहले २५ हजारसहित प्रमाणपत्र पाएका छन् ।
महिलातर्फ पाँच सय मिटरमा बेगनास डुंगा व्यवसायी समिति पहिलो, बेगनास मत्स्य व्यवसायी समिति दोस्रो र जलारी दिदीबहिनी समूह तेस्रो भएका छन् । महिलातर्फकै दुई सय मिटरमा बेगनास मत्स्य व्यवसायी समिति, बेगनास डुंगा व्यवसायी समिति र जलारी दिदीबहिनी समूह क्रमशः पहिलो, दोस्रो र तेस्रो बने । महिलातर्फ दुवै इभेन्टका पहिलो, दोस्रो र तेस्रो समूहले क्रमशः नगद एक लाख, ५० हजार र २५ हजारका साथमा प्रमाणपत्र पाए ।
प्रतियोगितामा तीन महिला टिम र ११ पुरुषका गरी १४ टिम सहभागी थिए । नेपाल पर्यटन बोर्ड गण्डकी र पोखरा महानगर आयोजक रहेको प्रतियोगितालाई नेपाल ड्रागन बोट सङ्घ गण्डकी प्रदेश र होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले सह आयोजकका रूपमा सघाएका थिए ।
चीनबाट सुरु भएको ड्रागन बोट रेस ड्रागनको आकृति भएको डुंगा दौड हो । १२ जना सवार जुन डुंगाले निर्धारित दूरी कम समयमा पार गर्छ, त्यही समूह विजयी हुन्छ । पोखराको फेवातालमा गएको असार दोस्रो साता ड्रागन बोट रेस भएको थियो । त्यही बेला ल्याइएका आठ विशेष डुंगा प्रतियोगितामा प्रयोग गरिएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-26
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
