
काठमाण्डौं । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिएको छ । फेवाताल छेउको बाराहीघाटमा आइतबार आयोजित समारोहमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन् ।
त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए । योसँगै पोखरामा अब व्यापार व्यवसाय राति एक बजेसम्म सञ्चालन गर्न पाइनेछ । त्यसैगरी केही निश्चित व्यवसाय मापदण्ड पूरा गरेर २४ सै घण्टा खुला गर्न पाइने कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले राजधानी घोषणासँगै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ तीनै तहका सरकारले काम गर्ने बताए ।
Sudina Shrestha
प्रकाशित: ५ चैत्र २०८०, सोमबार ०८:३४
२०८२ साउन ०९ गते शुक्रबार: आजको राशिफल

Three killed, 13 injured in Bajura jeep accident

कोलम्बिया विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २०० मिलियन डलर तिर्ने

जलवायु परिवर्तनको असर बारे अन्तर्राष्ट्रिय न्याय अदालतको ऐतिहासिक फैसला

रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभा बैठक बहिष्कार

फिल्म ‘सिटामोल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक, जनै पूर्णिमाबाट प्रदर्शनमा
