
काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का प्रमुख ग्रेग बार्कले अर्को हप्ता नेपाल आउने भएका छन् । नेपाल क्रिकेट सङघ क्यानले विज्ञप्ति जारी गर्दै आईसीसीका अध्यक्षले आउँदो आइतवारदेखि ४ दिन नेपाल भ्रमणमा आउने जानकारी दिएको हो ।
बार्कलेले नेपाल भ्रमणको क्रममा त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानको निरीक्षण गर्नेछन् । यस्तै, उनले प्रधानमन्त्री, अर्थमन्त्री, खेलकुद मन्त्री लगायतलाई भेट गर्ने तालिका रहेको क्यानले जनाएको छ । नेपालले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्वकप सह–आयोजना गर्ने दाबी गर्दै आएको छ ।
क्यानले नेपाली क्रिकेटमा थप अवसरको सिर्जना गर्न र विकासलाई गति दिन बार्कलेको भ्रमण महत्त्वपूर्ण हुने बताएको छ । बार्कलेले नेपाल भ्रमणका लागि आफु उत्साहित रहेको बताएका छन् ।
Sudina Shrestha
प्रकाशित: १ चैत्र २०८०, बिहीबार ०८:२७
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति
