काठमडौं । अन्तर्राष्ट्रिय स्तरमा हुने प्रतिष्पर्धामा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति नलिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई कारबाही गर्न निर्देशन दिएको छ । एन्फाले राखेपको स्वीकृति लिएर मात्र अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानूनी व्यवस्थाको उल्लङ्घन गरेको भन्दै मन्त्रालयले कारबाही गर्न निर्देशन दिएको हो ।
खेलकुद ऐन अनुसार लिनुपर्ने स्वीकृति नलिएको जानकारी प्राप्त भएकोले कानून बमोजिम कारवाही गरी यसको जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिईएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । विश्वकटप फुटबल छनोट अन्तर्गत बहराइनमा हुने खेल र मलेसियामा हुने तयारीको लागि १० जना अनावश्यक व्यक्तिहरु सहभागी हुन गएको समाचारपछि मन्त्रालयले निर्देशन दिएको हो ।
यस्तै, दशरथ रङ्गशालामा अनावश्यक कार्यक्रम गर्न दिएकै कारण मैदानको अवस्था बिग्रिएको र बहराइनसँग घरेलु मैदानमै खेल्न पाउने खेल पनि उसकै मैदानमा खेल्नुपर्ने भएको छ । यसबारेमा पनि मन्त्रालय रुष्ट भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-14
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
