काठमाडौं । ‘मिस वर्ल्ड–२०२४’को ताज पहिरिएपछि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले सञ्चारकर्मीसँग् भनिन्, ‘म धेरै उत्साहित छु ।’ यो वर्ष अर्थात मिस वल्र्डको ७१औं संस्करण भारतको मुम्बईस्थित जियो वल्र्ड कन्वेन्सन सेन्टरमा भएको थियो । यही शनिबार सम्पन्न प्रतियोगितामा पिजकोवाले मिस वल्र्ड–२०२४’ उपाधि जित्न सफल भएकी हुन् । उनलाई ‘मिस वल्र्ड–२०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइदिएकी थिइन् ।
क्रिस्टिनाले मुम्बईमा मिडियासँग भनिन्, ‘मिस वल्र्ड एउटा यस्तो चिज हो, जसका लागि मैले धेरै मिहिनेत गरिरहेकी थिएँ । मलाई थाहा छ– मिस वल्र्ड प्लेटफर्मले हामीलाई महत्वपूर्ण ठानेका मुद्दाहरूका लागि बोल्ने क्षमता दिन्छ । जहाँसम्म मेरो कुरा छ, म सकेसम्म धेरै बच्चाहरूलाई मद्दत गर्नेछु ।’
प्रतियोगितामा लेबनानकी यास्मिना फष्ट रनअप भएका छन् । प्रतियोगिताको उत्कृष्ट चारमा मिस त्रिनिदाद एण्ड टोबैगो, मिस बोत्सवाना, मिस चेक रिपब्लिक र मिस लेबनान पुगेका थिए । यसपटकको प्रतियोगितामा १२ निर्णायक थिए । भारतमा २८ वर्षपछि यो प्रतियोगिता भएको हो । प्रतियोगिताको होष्ट करण जोहर र फिलिपिन्सकी मिस वल्र्ड २०१३ मेगन यङले गरेका थिए ।
यो प्रतियोगिता यसअघि सन् २०२३ को मेमा संयुक्त अरब इमिरेट्समा आयोजना हुने भनिएको थियो । तर, त्यसबेला स्थगन भएपछि यो प्रतियोगिता भारतमा सेप्टेम्बरमै गर्ने घोषणा भएको थियो । तर, विविधि कारणले मार्चमा आयोजना गरिएको आयोजकले जनाएको छ । नेपालले ७१औं मिस वर्ल्डमा उत्कृष्ट ४० सम्मको यात्रा तय गरेपनि ‘मिस नेपाल वल्र्ड’ प्रियंकारानी जोशी क्वार्टरफाइनलबाट बाहिरिएकी थिइन् ।





रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-14
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
