
काठमाडौं । ‘मिस वर्ल्ड–२०२४’को ताज पहिरिएपछि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले सञ्चारकर्मीसँग् भनिन्, ‘म धेरै उत्साहित छु ।’ यो वर्ष अर्थात मिस वल्र्डको ७१औं संस्करण भारतको मुम्बईस्थित जियो वल्र्ड कन्वेन्सन सेन्टरमा भएको थियो । यही शनिबार सम्पन्न प्रतियोगितामा पिजकोवाले मिस वल्र्ड–२०२४’ उपाधि जित्न सफल भएकी हुन् । उनलाई ‘मिस वल्र्ड–२०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइदिएकी थिइन् ।
क्रिस्टिनाले मुम्बईमा मिडियासँग भनिन्, ‘मिस वल्र्ड एउटा यस्तो चिज हो, जसका लागि मैले धेरै मिहिनेत गरिरहेकी थिएँ । मलाई थाहा छ– मिस वल्र्ड प्लेटफर्मले हामीलाई महत्वपूर्ण ठानेका मुद्दाहरूका लागि बोल्ने क्षमता दिन्छ । जहाँसम्म मेरो कुरा छ, म सकेसम्म धेरै बच्चाहरूलाई मद्दत गर्नेछु ।’
प्रतियोगितामा लेबनानकी यास्मिना फष्ट रनअप भएका छन् । प्रतियोगिताको उत्कृष्ट चारमा मिस त्रिनिदाद एण्ड टोबैगो, मिस बोत्सवाना, मिस चेक रिपब्लिक र मिस लेबनान पुगेका थिए । यसपटकको प्रतियोगितामा १२ निर्णायक थिए । भारतमा २८ वर्षपछि यो प्रतियोगिता भएको हो । प्रतियोगिताको होष्ट करण जोहर र फिलिपिन्सकी मिस वल्र्ड २०१३ मेगन यङले गरेका थिए ।
यो प्रतियोगिता यसअघि सन् २०२३ को मेमा संयुक्त अरब इमिरेट्समा आयोजना हुने भनिएको थियो । तर, त्यसबेला स्थगन भएपछि यो प्रतियोगिता भारतमा सेप्टेम्बरमै गर्ने घोषणा भएको थियो । तर, विविधि कारणले मार्चमा आयोजना गरिएको आयोजकले जनाएको छ । नेपालले ७१औं मिस वर्ल्डमा उत्कृष्ट ४० सम्मको यात्रा तय गरेपनि ‘मिस नेपाल वल्र्ड’ प्रियंकारानी जोशी क्वार्टरफाइनलबाट बाहिरिएकी थिइन् ।





रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १ चैत्र २०८०, बिहीबार ०८:१९
गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित

पूर्वीनाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात
