
काठमाडौं । नेपालले ७१ औं मिस वर्ल्डमा उत्कृष्ट ४० सम्मको यात्रा तय गर्न सफल भएको छ । मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशी क्वार्टरफाइनलबाट बाहिरिइन् ।
प्रतिस्पर्धामा नेपाल ‘ब्युटी विथ अ पर्पस’ विधामा एसिया महादेशबाट विजेता बन्यो । यो विधामा जितसँगै प्रियंकाले उत्कृष्ट ४० अर्थात क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।
‘ब्युटी विथ अ पर्पस विधा’मा भने ब्राजिल समूह विजेता बन्यो । यसपटक प्रत्येक महादेशबाट विजेता चयन गरिएको थियो । यो संस्करणको मिस वर्ल्डबाट महादेशीय विजेता चुन्ने नयाँ अभ्यास सुरु भएको छ ।
भारतको मुम्बईस्थित जियो कन्भेन्सन सेन्टरमा फिनाले आयोजना गरिएको थियो । बलिउड फिल्म निर्माता करण जोहर र पूर्व मिस वर्ल्ड मेगन योङले समारोह होस्ट गरेका थिए ।
Sudina Shrestha
प्रकाशित: १ चैत्र २०८०, बिहीबार ०८:०७
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
