
काठमाडौं । ९६ औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । आणविक बमका आविष्कारक भौतिकशाष्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले ७ विधामा ओस्कार अवार्ड जितका हुन् ।
यो फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जित्यो । ‘ओपेनहाइमर’ १३ विधामा मनोनयन भएको थियो ।
क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्दा किलियन मर्फीले अभिनेता विधामा बाजी मारे । रोबर्ट डाउने जुनियरले पहिलो ओस्कारको रुपमा यो फिल्मबाट सहायक अभिनेतामा बाजी मारे ।
यस्तो छ सर्वश्रेष्ठ सूची:
फिल्म– ओपेनहाइमर
निर्देशक– क्रिस्टोफर नोलन (ओपेनहाइमर)
अभिनेता– किलियन मर्फी (ओपेनहाइमर)
अभिनेत्री– एम्मा स्टोन (पुअर थिंग्स)
सहायक अभिनेता– रोबर्ट डाउने जुनियर (ओपेनहाइमर)
सहायक अभिनेत्री– द–भाइन जोय रान्डोल्फ (द होल्डओभर्स)
एडप्टेड स्क्रिनप्ले– अमेरिकन फिक्सन
ओर्जिनल स्क्रिनप्ले– एनाटोमी अफ अ फल
छायांकन– ओपेनहाइमर
ओर्जिनल सङ– बिली एलिस (बार्बी)
कस्ट्युम डिजाइन– पुअर थिंग्स
ध्वनी– द जोन अफ इन्ट्रेस्ट
ओर्जिनल स्कोर– ओपेनहाइमर
डकुमेन्ट्री फिचर– ट्वेन्टी डेज इन मौरिपल
अन्तर्राष्ट्रिय फिचर– द जोन अफ इन्ट्रेस्ट
मेकअप एण्ड हेयरस्टाइलिङ– पुअर थिंग्स
प्रोडक्सन डिजाइन– पुअर थिंग्स
सम्पादन– ओपेनहाइमर
भिजुअल इफेक्ट– गोडजिला माइनस वन
Sudina Shrestha
प्रकाशित: २८ फाल्गुन २०८०, सोमबार ०८:४१
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
