काठमाडौं । कवयित्री कालिका त्रिपाठी पन्तले तयार पारेको ‘सुभाष खड्का’ नामक कवितासङ्ग्रह सुभाष स्मृति प्रतिष्ठानले प्रकाशन गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा २०८० सालमा समर्पण गरिएको सुभाष खड्का विद्वतवृत्ति अन्तर्गत कवयित्री कालिका त्रिपाठी पन्तले तयार पारेको ‘सुभाष खड्का’ नामक कवितासङ्ग्रह सुभाष स्मृति प्रतिष्ठानले प्रकाशन गर्न लागेको हो ।
यस कवितासङ्ग्रहमा ओतबहादुर खड्का, कालिका त्रिपाठी पन्त, केदारनाथ तिमल्सिना, गोरखबहादुर सिंह, गोविन्दबहादुर खड्का, गोविन्दबहादुर थापा, चन्द्रबहादुर खड्का, चूडाप्रसाद चौलागाई, डा। छत्रपति दाहाल, जयनारायण नेपाल, ढुण्डिराज पोखरेल, दामोदर घिमिरे, पदम दाहाल, भवानी पाण्डे, रश्मि हुमागाई, लक्ष्मी बडाल, शारदा घिमिरे भैल, शिवप्रसाद बन्जारा, सरस्वती चिमोरिया, हरि मञ्जुश्री लगायतका कवि–कवयित्रीका ३१ वटा कविता रहेका छन् । कालिका त्रिपाठी पन्तको सम्पादकीय, हरि मञ्जुश्रीको भूमिका र चन्द्रबहादुर खड्काको प्रकाशकीय रहेको यो सङ्ग्रह यही फागुन महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्षमा सार्वजनिक गरिने भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-01
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
