
काठमाडौं । कवयित्री कालिका त्रिपाठी पन्तले तयार पारेको ‘सुभाष खड्का’ नामक कवितासङ्ग्रह सुभाष स्मृति प्रतिष्ठानले प्रकाशन गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा २०८० सालमा समर्पण गरिएको सुभाष खड्का विद्वतवृत्ति अन्तर्गत कवयित्री कालिका त्रिपाठी पन्तले तयार पारेको ‘सुभाष खड्का’ नामक कवितासङ्ग्रह सुभाष स्मृति प्रतिष्ठानले प्रकाशन गर्न लागेको हो ।
यस कवितासङ्ग्रहमा ओतबहादुर खड्का, कालिका त्रिपाठी पन्त, केदारनाथ तिमल्सिना, गोरखबहादुर सिंह, गोविन्दबहादुर खड्का, गोविन्दबहादुर थापा, चन्द्रबहादुर खड्का, चूडाप्रसाद चौलागाई, डा। छत्रपति दाहाल, जयनारायण नेपाल, ढुण्डिराज पोखरेल, दामोदर घिमिरे, पदम दाहाल, भवानी पाण्डे, रश्मि हुमागाई, लक्ष्मी बडाल, शारदा घिमिरे भैल, शिवप्रसाद बन्जारा, सरस्वती चिमोरिया, हरि मञ्जुश्री लगायतका कवि–कवयित्रीका ३१ वटा कविता रहेका छन् । कालिका त्रिपाठी पन्तको सम्पादकीय, हरि मञ्जुश्रीको भूमिका र चन्द्रबहादुर खड्काको प्रकाशकीय रहेको यो सङ्ग्रह यही फागुन महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्षमा सार्वजनिक गरिने भएको छ ।
Sudina Shrestha
प्रकाशित: १८ फाल्गुन २०८०, शुक्रबार ०९:०१
ताप्लेजुङको मेरिङ्देन सडक १६ दिनका लागि बन्द

फिल्म जनै हराएको मान्छेको नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

मोरङ र उदयपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

गाजामा युएईले हवाई मार्गबाट सहायता पुन: सुचारु गर्ने

दिक्तेल रुपाकोट मझुवागढीका मेयर शिर मुण्डन गरेर सत्याग्रहमा
