
डडेल्धुरा । अजयमेरु गाउँपालिकाका छ सरकारी विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीको पढाइमा पहुँच बढाउनका लागि विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो ।
पुस्तकालय स्थापनामा भक्त बिबि फर ह्युमानिटीको पहल र सक्रियतामा एनआरएनएका विनोद कुँवर, बिक्कु लामा (दुर्गम लाइब्रेरी अभियन्ता), हेल्प नेपाल नेटवर्क र बहादुर खडक स्मृति प्रतिष्ठानको सहयोग रहेको जनाइएको छ ।
अजयमेरु–४ को मणिलेक मावि चिपुर, भुवनेश्वरी आबि मड, चिपुर, वडा नम्बर ५ को केदार शिशु सुधार मावि खोली मटेला, गोजलिङ्ग प्रावि तल्पखा, वडा नम्बर ६ को देवल मावि देवल र गङ्गेश्वर आधारभूत विद्यालय भण्डारी गाउँमा पुस्तकालय स्थापना गरी हस्तान्तरण गरिएको छ ।
पुस्तकालयमा विभिन्न कथा, कविता, चित्र, व्यङ्ग्य चित्रलगायतका पाँच हजारभन्दा बढी पुस्तक राखिएको भक्त बिबि फर ह्युमानिटीका संरक्षक भक्तबहादुर भण्डारीले जानकारी दिनुभयो । यसअघि कञ्चनपुरको वीणा माध्यमिक विद्यालय, डडेलधुराको बाल कल्याण माध्यमिक विद्यालय र घनघस्या माध्यमिक विद्यालय र कैलालीको शुक्र मावि खानीडाँडामा पनि एनआरएनएले पुस्तकालय स्थापना गरिसकेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १८ फाल्गुन २०८०, शुक्रबार ०८:३६
कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण
