डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय ८३ जना पर्यटक भित्रिएका छन् । सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्यटकीय क्षेत्र खप्तडमा चालु आर्थिक वर्षको सात महिनामा आठ सय ८३ जना पर्यटक भित्रिएका हुन् ।
खप्तड राष्ट्रिय निकुञ्जले दिएको जानकारीअनुसार यस वर्षको साउनदेखि माघ मसान्तसम्ममा १८ जना विदेशी र आठ सय ६५ जना स्वदेशी पर्यटक खप्तड घुम्न आएका हुन् ।
आर्थिक वर्ष २०७७/७८ मा तीन विदेशी र एक हजार छ सय ८५ जना नेपाली र आर्थिक वर्षा २०७८÷७९ मा १९ जना विदेशी, तीन जना सार्क राष्ट्रका र दुई हजार एक सय ८७ जना नेपालीले खप्तडको भ्रमण गरेका निकुञ्ज कार्यालयले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७९/८० मा दुई हजार आठ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-02-29
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
