
हुम्ला । जिल्लाका चार वटा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा हिउँदे बिदापछि विद्यालयहरूमा फागुन १६ गतेबाट पठनपाठन सुरु हुने भएको छ । फागुन २ गतेबाट विद्यालय सञ्चालनमा आएको भए पनि यो बिचमा विद्यार्थी भर्ना कार्य गरिएको कारण कक्षा सञ्चालन ढिलो गर्नु परेको हो ।
गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका नायव सुब्बा कृष्ण प्रसाद आचार्यले फागुन १६ गते बुधवारबाट गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन सुरु हुने बताउनुभयो । उहाँले यसअघिका गत मङ्सिरमा बसेको प्रधानाध्याकहरुको बैठक फागुन १६ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन अनिवार्य सुरु गर्ने निर्णय अनुसार पढाई सुरु हुने बताउनुभयो ।
गत फागुन २ गतेबाट सबै विद्यालयहरू सञ्चारमा आएर भर्ना कार्य गरेको र अव भर्ना कार्य अन्तिम चरणमा पुगेकोले पढाई सुरु हुनेछ । सिमकोट गाउँपालिकामा सामुदायिक विद्यालयहरू २१ वटा रहेका भने चार वटा संस्थागत विद्यालय रहेका छन् । यी सबै विद्यालयहरुमा पठनपाठन सुरु हुनेछ । यी विद्यालयहरूमा तीन हजार विद्यार्थीहरू अध्ययन गर्दै आउनु भएको छ ।
विद्यालयहरू भने हिउँदे बिदापछि फागुन २ गतेबाट सञ्चालनमा आएका थिए । गत पुस १६ गतेबाट हिउँदे बिदा सुरु भएको थियो । यता खार्पुनाथ गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा पनि फागुन १६ गतेबाटै पठन पाठन सुरु हुने भएको छ । उक्त गाउँपालिका शिक्षा शाखाका प्रमुख ललितजंग शाहीले १७ वटा विद्यालयहरूमा पढाई सुरु हुने बताउँदै यसबाट दुई हजार आठ सय बिधार्थीहरुको पढाई सुरु हुने बताउनुभयो ।
त्यसैगरि सर्केगार्ड गाउँपालिकाका ३२ वटा सामुदायिक विद्यालयहरूमा पनि फागुन १६ गतेबाट पढाई सुरु हुने शिक्षा शाखा प्रमुख बिरजंग शाहीले बताउनुभयो । यता चङ्खेली गाउँपालिकाका २६ वटा विद्यालयहरूमा पनि भोलीबाट पठनपाठन सुरु हुने भएको छ । त्यसैगरि ताँजाकोट गाउँपालिकाका सामुदायिक विद्यालयहरू भने फागुन ९ गतेबाट पढाई सुरु भएको सो गाउँपालिका शिक्षा शाखाका प्रमुख जयरुद्ध ढकालले बताउनुभयो । – गोरखापत्रबाट
Sudina Shrestha
प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार ०९:३९
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
