काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर र अधिस्नातक (पीजीडी) तहको पुनः प्रवेश परीक्षा हुने भएको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले पुनः प्रवेश परीक्षाको सूचना जारी गरेको हो ।
कम विद्यार्थीहरू भर्ना भएपछि डीनको कार्यालयले पुनः प्रवेश परीक्षा गर्न लागेको जनाएको छ । त्यसका लागि आवेदन फारम फागुन १५ गते राति १२ बजेसम्म भर्न सकिने डीनको कार्यालयले जनाएको छ । स्नातकोत्तर तह र अधिस्नातकको पुनः प्रवेश परीक्षा फागुन २६ गते हुनेछ ।
आवेदन दस्तुर ३ हजार रूपैयाँ अनलाइन मार्फत नै बुझाउनुपर्नेछ । प्रवेश परीक्षामा सम्बन्धित विषयको स्नातक तहको पाठ्यक्रमका आधारमा बहुवैकल्पिक प्रश्नहरू ५० सोधिनेछन् । प्रवेश परीक्षाको नतिजा फागुन २९ गते प्रकाशन गरिनेछ । यसअघि पहिलो चरणमा प्रवेश परीक्षा भएर विद्यार्थीको पठनपाठन समेत सुरू भइसकेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-02-28
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
