
काठमाडौं । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियामा जारी प्रतियोगितामा गए राती लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।
पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले इन्ज्युरी समयमा प्रिती राईको गोलमा २–१ को पुनरागमन जित दर्ता ग¥यो । खेल १–१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । त्यसअघि खेलको ७६ औँ मिनेटमा सावित्रा भण्डारीले साम्बाले गोल गरेकी थिइन् । पहिलो हाफको ३८औँ मिनेटमै लेबनानको गोल भएको थियो ।
नेपालले अब भोलि उपाधिका लागि जोर्डनसँग खेल्नेछ । जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो ।
Sudina Shrestha
प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार ०८:१५
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति
