
काठमाडौं । दैनिक तरकारीमा मानिसहरु सागपात भन्दा पनि माछा, मासु र अण्डा इत्यादीमा लोभिरहेको पाइन्छ । तर, हरियो सागपातमा खाशै बल गरेको पाइँदैन । स्वास्थ्यका लागि हरियो सागपातले फाइदै फाइदा गर्छ ।
विशेषगरी आँखा तेजिलो बनाउँछ । व्यस्त जीवन, धूवाँ, धूलो तथा धेरै समय कम्प्युटरमा बसेर काम गर्नुपर्ने बाध्यताका कारण आँखासम्बन्धी थुप्रै समस्या उत्पन्न हुन्छन् । यस्तो वातावरणमा आँखालाई स्वस्थ राख्न हरियो साग नियमित रूपमा खानुपर्छ । यसमा भिटामिन सीका साथै अरू पनि थुप्रै पोषक तत्व हुन्छन्, जसले आँखालाई तेजिलो बनाउन सहयोग गर्छ ।
हरियो सागपात खाँदा हुने फाइदाहरु
१, हड्डी बलियो बनाउँछ: हरियो सागमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जुन हड्डीका लागि उपयोगी छ । उमेर बढ्दै गएपछि हड्डीका पनि विभिन्न समस्या देखा पर्दै जान्छन् । त्यसका लागि डाक्टरहरूले क्याल्सियमका औषधि दिन्छन् । नियमित खाने सागमा क्याल्सियम पाइन्छ भने साग खान किन जोड नदिने ? तसर्थ बाल्यकालदेखि नै साग खाने बानी बसाल्नु अति उपयुक्त हुन्छ ।
२, अनुहारमा ताजापन: हरियो साग जति स्वास्थ्यका दृष्टिले उपयोगी छ उति नै यसले सुन्दरतामा पनि सहयोग पु¥याउँछ । एन्टीअक्सि,डेन्टको गुणले भरिपूर्ण सागले अनुहारलाई ताजा राख्छ ।
३, क्यान्सरबाट जोगाउँछ: हरियो सागले क्याल्सियम, फाइबर तथा आइरन प्रदान गर्छ जसले पेटको भित्री सफाइमा मद्दत पुर्याउँछ । कोलिन क्यान्सरबाट जोगाउने कैयौं मिनरल्स हरियो सागबाट प्राप्त हुन्छ ।
नोटः माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र–पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ ।
सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १५ फाल्गुन २०८०, मंगलवार ०८:४४
सुनको मूल्यमा नयाँ रेकर्ड, ४ हजार बढेर १ लाख ७४ हजार ५०० रुपैयाँ पुग्यो

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

आज तराईमा होली मनाइँदै

युक्रेनसँगको युद्धविराममा सहमत नभए रुसले विनासकारी परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

युवाहरूबीच झगडा हुँदा एकको मृत्यु

The price of gold being traded at Rs 170,500 per tola
