काठमाडौं । विश्वकप क्रिकेट लिग–२ को पहिलो शृङ्खलाको अन्तिम खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ ।
दुई टोली नेपाल र नेदरल्यान्ड्सले यो शृङ्खलामा यसअघि एक/एक खेल जितेका छन् । पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो ।
तर तेस्रो खेलमा नामिबियासँग नेपाल २ विकेटले हारेको थियो । त्यस्तै नेदरल्यान्ड्सले आफ्नो दोस्रो खेलमा नामिबियालाई ७ विकेटले हराएको थियो । गएको शुक्रवार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको थियो ।
नेपाल र नेदरल्यान्ड्सको ३ खेलमा समान २–२ अङ्क छ । नामिबियाले ४ मध्ये तीन खेल जितेको छ । नामिबिया ४ खेलमा ६ अङ्कका साथ लिग–२ को शीर्ष स्थानमा छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-02-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
