
काठमाडौँ । संयुक्त राष्ट्रसङ्का लागि नेपालका पूर्वस्थायी प्रतिनिधि प्राडा जयराज आचार्यले मुलुकको विकासका लागि सीपमूलक शिक्षा आवश्यक भएको बताएका छन् ।
नवोदित विद्या कुञ्ज उच्च माध्यामिक विद्यालयको ३१ औँ अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पूर्वराजदूत आचार्यले मुलुकको विकासका लागि व्यावसायिक एवम् सीपमूलक शिक्षा आवश्यक भएको बताएका हुन् ।
उनले विज्ञान, गणित र अङ्ग्रेजी विषयलाई देशका शैक्षिक प्रतिष्ठानले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
काठमाडौँ महानगरपालिका–२६ का वडा अध्यक्ष ख्यामराज तिवारीले नेपाल हरेक वस्तुले धनी मुलुक भएको भन्दै त्यसलाई सहीरुपमा उपयोग गर्न व्यावहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । गुणस्तरीय शिक्षाका लागि काठमाडौँ महानगरपालिका सहयोग गर्ने उनले बताए ।
त्यस अवसरमा वरिष्ठ कलाकार पशुपति शर्माले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको थियो ।
Sudina Shrestha
प्रकाशित: १३ फाल्गुन २०८०, आईतवार ०८:२६
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
