
लियोनल मेसीको जादुयी बायाँ खुट्टाले ९४ औं मिनेटमा पोस्टको देब्रेतर्फ माथिल्लो कोणबाट बललाई जाली चुमाउँदै इन्टर मियामीलाई २–१ को जित दिलाएका छन्
फ्लोरिडा — इन्टर मियामीमा लियोनल मेसीको डेब्युमा रंगशालामा रहेको बताउन केही मानिसले हजारौं डलर तिरेका छन् । केहीले आफ्नो सिटका लागि लाखौं दिएका छन् । यसैका लागि मालिकहरू १० करोड डलर बढीको अवसरमा प्रतिबद्ध छन् ।
यसरी नै अत्यधिक पैसा खर्च गरेको देखिन्छ । मेसीले पनि आफ्नो नयाँ क्लबमा पहिलो रात नै अविस्मरणीय क्षणको अवसर दिएका छन् । उनको जादुयी बायाँ खुट्टाले शुक्रबार ९४ औं मिनेटमा पोस्टको देब्रेतर्फ माथिल्लो कोणबाट बललाई जाली चुमाउँदै इन्टर मियामीलाई लिग कपको खेलमा मेक्सिकन क्लब क्रुज अजुलविरुद्ध २–१ को जित दिलाएका छन् ।
‘मैले के देखेको थिएँ भने गोल नै देखें,’ मेसीले खेलपछि खुसी मनाउँदै भने, ‘मैले गोल देखें । मलाई थाह थियो कि मैले गोल गर्नुपर्छ ।’ उनलाई निकै सजिलो सुनिन्छ । उनले यसलाई सजिलो बनाए पनि ।
उनी खेलमा सक्रिय सबैभन्दा महान् खेलाडी हुन्, जसले सातपल्ट बालोन डी’ओर जितेका छन् । उनी विश्वकप च्याम्पियन पनि हुन् । उनले क्रुज अजुलका चार डिफेन्डरको मानवीय पर्खाल पन्छाउँदै विजयी गोल गरेका हुन् । विनाप्रश्न इन्टर मियामीको छोटो इतिहासकै महान् अवसर हो । राति आकाशमा आतिसबाजी गरिएको थियो र रेफ्रीले खेल सकिएको संकेतस्वरुप सिठी फुक्न करिब एक मिनेटमात्रै बाँकी थियो । ‘यो फिल्म हो, जुन हामीले पहिल्यै हेरिसकेका थियौं,’ इन्टर मियामीका प्रशिक्षक टाटा मार्टिनोले भने ।
मेजर लिग सकर क्लबमा आफ्नो डेब्युमा मेसी मुख्य ‘कलाकार’ नै भए । उनले बेन्चमा बसेको समयमै समर्थकतिर हात हल्लाइदिए । उनले वार्मअप गर्दा समर्थकले पनि हात हल्लाइदिए । उनी वास्तवमै खेलमा छँदा पनि दर्शकले उनलाई हात हल्लाइदिए ।

मेसीले मैदान छाड्दासम्म टिम मालिकहरू डेविड बेकह्याम, जोर्गे मास र जोसे मासले प्रतीक्षा गरिरहेका थिए । जोर्गे मासले सुपर स्टारको पसिनाले भिजेको घाँटीमा चुम्बन गर्ने योजना बनाएका थिए । क्रुज अजुलका केही खेलाडी चुपचाप भए । मेसीको टिमलाई कसरी हरायौं भनेर कथा सुनाउन बाँकी छ भनेजस्तै उनलाई हेरिमात्रै रहे ।
इन्टर मियामीले चार वर्षको योजना र दुई वर्षको वास्तविक पछ्याइपछि मेसीलाई क्लबमा ल्याएको थियो । ‘मूल्य छ,’ बेकह्यामले गत साता भनेका थिए । उनी कसरी सत्य भए । ‘यो देशका लागि ठूलो क्षण हो,’ बेकह्यामले भने, ‘यो लिगकै लागि ठूलो अवसर हो । र, यो हाम्रा लागि धेरै ठूलो गर्व गर्ने क्षण हो ।’
हाफटाइम भएको सिठी बजेपछि पनि कसैले सिट छाडेका थिएनन् । कारण मेसी मैदानमा थिए । उनले हाफटाइमपछिको ‘ब्रेक’ मा करिब पाँच मिनेट अरू वैकल्पिक खेलाडीसँगै ‘ड्रेसिङ रूम’ मा फर्किनुअघि वार्मअप गरे । त्सपछि बल्ल दर्शकले आ–आफ्नो फोन थन्क्याएर श्वास फेर्न पाएका थिए । तैपनि त्यो अस्थायी थियो । मेसी मैदानमा कहिले आउँछ भनेर औपचारिक रूपमै कुरिरहेका थिए । दोस्रो हाफमा चलिरहँदा उनी फेरि वार्मअप गर्न फर्किए । मियामीका दर्शकनजिक वार्मअप गरे । उनले हात हल्लाउँदा दर्शक कुर्लिएका थिए ।

दोस्रो हाफको आठ मिनेटमा जवाफ पाइयो कि यो मेसीको समय हो । उनी मैदानमा प्रवेश गर्दा मियामीले १–० को अग्रता लिएको थियो । उनले विस्थापित गरेका खेलाडी मिडफिल्डर बेन्जामिन क्रेमासीलाई अँगालो हालेपछि मैदानतिर लागे, जतिबेला करिब २१ हजार दर्शकमा सबै सिटबाट उठेका देखिए । लगभग सबै जना आ–आफ्ना फोनले उक्त क्षण तथ्यमा उतारिरहेका थिए ।
उनले फ्रि–किकमा अवसर गुमाएको भए खेल पेनाल्टी शुटआउटमा जाने थियो । तर, मेसीले आफ्नै किसिमले अन्त्य गगरिदिए । ‘खेलको अन्तिम क्षण थियो र यसमा म गोल गर्न चाहन्थे ताकि खेल पेनाल्टीमा नपुगोस्,’ मेसीले भने ।
मेसीको युगको पहिलो गोल रोबर्ट टेलरले गरे । त्यसमा उनले रोबी रोबिन्सनको लामो पास उपयोग गरेका थिए, जसमा पहिलो हाफको अन्त्यतिर इन्टर मियामीले १–० को अग्रता लिएको थियो । यसमा मेसी आफ्नो सिटबाट उफ्रिए, हात हावामा हल्लाए र धेरैपल्ट ताली बजाउँदै मुस्कान छरेका थिए । मेसी मैदानमा प्रवेश गरेपछि केही समयमै क्रुज अजुलले खेल बराबरी गर्यो । तर, अन्तिम कला मेसीकै लागि रह्यो । कथाको किताब अन्त्य गर्ने सधैंजस्तै मेसी नै रहे ।
‘यो उनका लागि सामान्य हो, जुन तिमीलाई थाहा छ,’ प्रशिक्षक मार्टिनोले भने, ‘यो वास्तवमै सामान्य नै देखियो, होइन…। हामी महान् खेलाडी (जीओएटी) का बारेमा कुरा गरिरहेका छौं ।’
मेसीको डेब्युमा महान् खेलाडीहरूको भेला नै भयो । लेब्रोन जेम्स र सेरेना विलियम्स यहाँ वार्तालाप गरिरहेका थिए । फुटबलमा मेसीजस्तै सर्वकालीन महान् हुन् एनबीए (बास्केटबल) मा जेम्स र टेनिसमा विलियम्स । संगीतका लिजेन्ड ग्लोरिया र एमिलो स्टेफन देखिएका थिए । मियामी डल्फिनका क्वारब्याक तुआ तागोभाइओया र किम कारदसियन आफ्ना एक छोरासाथ किन सहभागी भए भनेर निश्चित कारण बताउनकै लागि पनि आएका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०६:४७
बिर्तामोड सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुरुवातबाटै पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा घटदो

Body of Maharjan, killed in Tinkune protest, handed over to family

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा

राष्ट्रिय सभाबाट पारित भयो ५ वटा विधेयक

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली
