
इमीले सुनाइन्, ‘हामी गलत समयमा लुओयाङ आएका छौं ।’
मैले सोधें, ‘हल्का वर्षाले सहर पखालिएको छ । वायुमण्डलमा शीतलता छ । सडक सफा छ । कति मनमोहक छ लुओयाङ सहर । फेरि किन गलत समय भयो ?’
तर, इमीले मेरो कुरामा चित्त बुझाइनन् । उनले थपिन्, ‘यो त बगैंचा सहर यो, जो ढकमक्क फूलहरुले सुशोभित हुन्छ । खासगरी पेओनी फूलहरुले यो सहरलाई साँच्चै रुपवती बनाइदिन्छ । तर, हामी अलि ढिला आइपुग्यौं । किनभने पेओनी फूल अप्रिल र मेको बीचमा फुल्ने गर्छ ।’
इमी हाम्रो पथप्रदर्शक हुन्, हुवे प्रान्तको उहान रिर्सच इन्सटिच्युट अफ पोष्ट एण्ड टेलिकम्युनिकेसनको तर्फबाट । सायद उनी पनि पहिलो पटक लुओयाङ आएकी हुन् । त्यसैले त उनलाई थकथकी छ पेओनी फूलको याममा आउन नपाएकोमा । हामी जुनको दोस्रो साता हेनान प्रान्तको लुओयाङ पुगेका थियौं ।
मैले नेपाल चीन हिमालय फ्रेन्डसिप सोसाइटीका महासचिव रिनन् पोखरेललाई सम्झिएँ । उनले हामी चीन उड्ने बेला भनेका थिए, ‘तपाईंहरुको भ्रमण सिटीको सेड्युलमा लुओयाङ पनि छ । यो नयाँ सहर हो, असाध्यै सुन्दर छ ।’
लुओयाङ सहरमा हामी पुग्दा ढकमक्क पेओनी फूलले त स्वागत गरेको थिएन । यद्यपि यो सहरमा बिछट्टै सुन्दरता भने थियो । कुनै सिपालु चित्रकारले निकै मिहेनतसाथ बनाएको ल्यान्डस्केप जस्तो ।
फराकिला सडक । माझमा फूल बगैंचा । चोक-चोकमा छरितो प्रतिमाहरू । ठाउँ–ठउँमा पार्कहरु । मन यसै यसै आनन्दित हुने ।
हामीकहाँ त सहरको चित्र पनि भिडभाड, हो-हल्ला, दुर्गन्ध, ठेलमठेल । आफैमा निस्सासिएको जस्तो । हाम्रो सहरमा हिँडडुल गर्दा रक्तचाप बढ्छ । तर, लुओयाङमा हाम्रो पाँचै इन्द्रीय जागरुक हुन्छ । अनि मन आनन्दित ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०६:२६
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
