
काठमाडौँ — नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा योजनाबारे निजी क्षेत्रसँग छलफल गरेको छ । विगतका बजेटहरूको समीक्षा गर्दै आगामी आर्थिक वर्षको बजेटका विषयमा पर्यटन बोर्डले निजी क्षेत्रसँग बिहीबार छलफल गरेको हो ।
निजी क्षेत्रले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन कार्यक्रमका लागि परम्परागतभन्दा पनि नयाँ ढंगले बजेट तर्जुमा गर्न बोर्डलाई सुझाव दिएको छ । पर्यटन बोर्डकी सदस्य तथा बोर्डको आर्थिक वर्ष २०८०/८१ को बजेट संयोजक मिलन देवकोटाले आन्तरिक तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा निजी क्षेत्रको सहभागितालाई अझै बढी सहभागिता गराउन निजी क्षेत्रका प्रतिनिधिबाट बोर्डलाई सुझाव आएको बताइन् ।
पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले बोर्डको बजेट ‘डिजिटाइजेशन’लाई जोड दिँदै कार्यान्वयन हुने खालको ल्याउनुपर्ने बताएका थिए । अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्दा परम्परागतभन्दा पनि नयाँ ढंगले योजना ल्याउन सुझाव आएको देवकोटाले बताइन् । ‘निजी क्षेत्रका रचनात्मक सुझाव आएका छन् । ती सुझावलाई समेटेर बजेटलाई अन्तिम रुप दिन्छौं,’ देवकोटाले भनिन् ।
नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८०/०८१ का लागि करिब सवा एक अर्ब रूपैयाँभन्दा माथिको बजेट ल्याउने तयारी गरेको जानकारी दिइन् । आगामी आर्थिक वर्षको ८० प्रतिशत बजेट अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन तथा बाँकी रकम आन्तरिक पर्यटन प्रवर्द्धनमा विनियोजन गर्ने योजना रहेको उनले बताइन् ।
त्यस्तै, बोर्डका सदस्य मदन आचार्यले निजी क्षेत्रसँग गरिएको छलफल फलदायी भएको र यसले बजेट निर्माण तथा कार्यान्वयनमा सहजता ल्याउने बताए । छलफलका क्रममा होटल संघ नेपाल (हान), प्यासिफक एशोसिएसन अफ ट्राभल ऐजेन्टस् (पाटा), ट्रेकिङ ऐजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्सिज (नाटा), नेपाल रफिटिङ एजेन्सिज (नारा), नेपाल माउण्टेनियरिङ एशोसिएसन (एनएमए) लयायतका संस्थाहरुका प्रमुखहरूले बोर्डको आगामी बजेटका सम्बनधमा आफ्ना सुझाव दिएका थिए ।
Sudina Shrestha
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०९:३५
Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काँग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रीहरु पनि सहभागी हुने
