सन् २०२३ को पहिलो ५ महिनाको अवधिमा ४ लाख ४ हजार २३१ जना पर्यटक नेपाल भित्रिएका छन् । आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटले सन् २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । यो लक्ष्य भेटाउन अबको ७ महिनामा ६ लाख पर्यटक नेपाल आउनु पर्छ ।
नेपाल पर्यटन बोर्डका अनुसार मे २०२३ मा मात्र ७७ हजार ७०३ जना पर्यटक आएका छन् । यो संख्या सन् २०१९ मा आएको पर्यटकको संख्या हाराहारी हो । सन् २०१९ मा ७८ हजार ३२९ जना पर्यटक मे महिनामा नेपाल आएका थिए ।
नेपाल पर्यटन बोर्डका अनुसार कोभिड-१९ अगाडिकै हाराहारीमा अब पर्यटक आगमन पुग्न थालेका छन् ।
कुन महिनामा कति पर्यटक ?
- जनवरी : ५५,०७४
- फेब्रुअरी : ७३,२५५
- मार्च : ९९,४२६
- अप्रिल : ९८,७७३
- मे : ७७,७०३
भारतीय पहिलो, दोस्रोमा अमेरिकी, चिनियाँ तेस्रो
सन् २०२३ को मे महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट ३६ हजार ५७५ जना पर्यटक नेपाल आएका छन् ।
दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट ८ हजार ५४५ जना पर्यटक नेपाल आएको तथ्यांक छ । चीन तेस्रो स्थानमा पुगेको छ । चीनबाट ४ हजार ६६७ जना पर्यटक नेपाल आएका छन् ।
मे २०२३ मा कुन मुलुकबाट कति आए ?
- भारत : ३६,५७५
- अमेरिका : ८,५४५
- चीन : ४,६६७
- संयुक्त अधिराज्य : २,९२७
- अष्ट्रेलिया : २,१८४
- बंगलादेश : २,१६४
- मलेसिया : १,३२१
- जर्मनी : १,१६५
- फ्रान्स : १,०९७
- दक्षिण कोरिया : १,०३९
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
