
सन् २०२३ को पहिलो ५ महिनाको अवधिमा ४ लाख ४ हजार २३१ जना पर्यटक नेपाल भित्रिएका छन् । आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटले सन् २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । यो लक्ष्य भेटाउन अबको ७ महिनामा ६ लाख पर्यटक नेपाल आउनु पर्छ ।
नेपाल पर्यटन बोर्डका अनुसार मे २०२३ मा मात्र ७७ हजार ७०३ जना पर्यटक आएका छन् । यो संख्या सन् २०१९ मा आएको पर्यटकको संख्या हाराहारी हो । सन् २०१९ मा ७८ हजार ३२९ जना पर्यटक मे महिनामा नेपाल आएका थिए ।
नेपाल पर्यटन बोर्डका अनुसार कोभिड-१९ अगाडिकै हाराहारीमा अब पर्यटक आगमन पुग्न थालेका छन् ।
कुन महिनामा कति पर्यटक ?
- जनवरी : ५५,०७४
- फेब्रुअरी : ७३,२५५
- मार्च : ९९,४२६
- अप्रिल : ९८,७७३
- मे : ७७,७०३
भारतीय पहिलो, दोस्रोमा अमेरिकी, चिनियाँ तेस्रो
सन् २०२३ को मे महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट ३६ हजार ५७५ जना पर्यटक नेपाल आएका छन् ।
दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट ८ हजार ५४५ जना पर्यटक नेपाल आएको तथ्यांक छ । चीन तेस्रो स्थानमा पुगेको छ । चीनबाट ४ हजार ६६७ जना पर्यटक नेपाल आएका छन् ।
मे २०२३ मा कुन मुलुकबाट कति आए ?
- भारत : ३६,५७५
- अमेरिका : ८,५४५
- चीन : ४,६६७
- संयुक्त अधिराज्य : २,९२७
- अष्ट्रेलिया : २,१८४
- बंगलादेश : २,१६४
- मलेसिया : १,३२१
- जर्मनी : १,१६५
- फ्रान्स : १,०९७
- दक्षिण कोरिया : १,०३९
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०९:२८
Archaeology held a press conference to announce the return of 21 artefacts

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्दै, यस्ता छन् कार्यसूची

काठमाण्डौको वायु विश्वकै प्रदूषित, विषाक्त ग्यासको मात्रा उच्च

RPP holds torch rally protesting arrest of Mishra and Rana

दिल्लीले हैदरावादलाई ७ विकेटले

प्रदर्शनमा संलग्न १११ जना पक्राउ
