चार दशकअघि काठमाडौंबाट हराएको मूर्ति बेलायतले लन्डनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ।
नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका सम्पदामध्ये एउटा मूर्ति र एउटा तोरण बेलायतले नेपाललाई हस्तान्तरण गरेको हो। लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई मूर्ति हस्तान्तरण गरिएको छ।
सोह्रौं शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरण काठमाडौंको हनुमानढोका कुमारी बहालबाट हराएको थियो। यसै गरी १८औं शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाडौंको ओमबहालस्थित मञ्जुश्री मन्दिरबाट हराएको थियो।
गृह मन्त्रालय र सुरक्षा निकायको सहयोगमा मूर्ति वास्तविक हकदारलाई फिर्ता गर्ने बेलायती सरकारको नीति अनुसार हराएको मूर्ति प्राप्त गरेपछि नेपाललाई हस्तान्तरण गरिएको जनाइएको छ।
मूर्ति हस्तान्तरण समारोहमा राजदूत आचार्यले बेलायत सरकार तथा प्रहरीलाई नेपाल सरकारका तर्फबाट कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा राखेकाे दूतावासले जनाएको छ। बेलायत प्रहरीका तर्फबाट आफ्नो भनाइ राख्दै डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले बरामद गरिएका प्राचीन सामग्री फिर्ता गर्न पाउँदा खुशी लागेको बताए।
हस्तान्तरण गरिएको मूर्ति र तोरण चाँडै नै नेपालको पुरातत्त्व विभाग पठाउने व्यवस्था मिलाइने राजदूत आचार्यले जानकारी गराएको नियोग उपप्रमुख रोशनी खनालले बताइन्। ग्लास्गो युनिभर्सिटीमा अपराध विज्ञानकी प्राध्यापक डा. इमिलिन स्मिथले नेपाललाई सांस्कृतिक वस्तु फिर्ता गर्ने कार्यमा संलग्न हुन पाएकामा गर्व लागेको बताइन्। (रासस)
https://www.himalkhabar.com/news/128885
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
