
काठमाडौँ – भारत र पाकिस्तानबीच एसिसी इमर्जिङ कपको उपाधिका लागि आइतबार प्रतिस्पर्धा हुँदैछ।
दुवै देशका ‘ए’ टिमबीच खेल दिउँसो २:१५ मा सुरु हुनेछ। प्रतियोगितामा भारत एक खेल पनि नहारी फाइनल प्रवेश गर्दा पाकिस्तान भने समूह चरणमा भारतसँग पराजित भएको थियो।
भारतले समूह चरणमा नेपाल, युएई र पाकिस्तानलाई पराजित गरेको थियो। सेमिफाइनलमा भारतले बंगलादेशलाई हराएको थियो। प्रतियोगितामा भारतका कप्तान यश धुल टप स्कोरर हुन्।
उनले ४ खेलमा १९५ को औषतमा १९५ रन बनाए। उनी बाहेक ओपनर साइ सुदर्शनले ४ खेलमा एक शतकसहित एक अर्धशतक बनाएका छन्।
पाकिस्तान समूहबाट नेपाल र युएईलाई हराएर समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो। सेमिफाइनलमा पाकिस्तानले श्रीलंकालाई पराजित गर्दै फाइनलमा स्थान बनायो।
पाकिस्तानी कप्तान मोहम्मद हारिसले २ अर्धशतकसहित १३० रन बनाएका छन्। तर बलिङतर्फ पाकिस्तान कमजोर रहँदा त्यसको फाइदा भारतले उठाउन सक्ने छ। उसका कुनैपनि बलर सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष १० मा छैनन्।
इमर्जिङकपको उपाधि भारत र पाकिस्तानले १-१ पटक जितेका छन्। सूर्यकुमार यादवको कप्तानीमा भारतले २०१३ मा पहिलो पटक उपाधि जितेको थियो।
भारतले पाकिस्तानलाई नै फाइनलमा हराएर उपाधि जितेको थियो। त्यसपछि २०१७ र २०१८ मा श्रीलंकाले पाकिस्तान र भारतलाई हराएर उपाधि उचालेको थियो।
२०१९ मा पाकिस्तान बंगलादेशलाई हराएर च्याम्पियन बनेको थियो। २०१९ पछि पहिलो पटक प्रतियोगिता आयोजना भएको हो। आज उपाधि जित्ने टिमले दोस्रो पटक उपाधि उचाल्ने छ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०८:१४
अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा

विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

अब युएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम निर्धारण

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दुई अभियोगमा भ्रष्टाचार मुद्दा

Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta
