
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडामा आज मिसिसौगा प्यान्थर्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ८ ः ४५ मा क्यानडाको ब्राम्पटनमा सुरु हुनेछ ।
दीपेन्द्रले पहिलो खेलमा सर्रे जागुअर्सविरुद्ध २२ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाएका थिए । पहिलो खेलमा राम्रो प्रदर्शन गरेको हुँदा दीपेन्द्रलाई टोलीले निरन्तरता दिने देखिन्छ ।
मिसिसौगा प्यान्थसमा वेस्टइन्डिजका आक्रामक ब्याटर क्रिस गेल, पाकिस्तानका आक्रामक युवा ब्याटर आजम खान, अनुभवी अलराउन्डर सोएब मलिक, न्युजिल्यान्डका स्टार अलराउन्डर जेम्स निसम र नेदरल्यान्ड्सका टम कुपर जस्ता खेलाडी छन् ।
दीपेन्द्रको टोलीमा कार्लोस ब्रेथवेट, आयन खान, अष्ट्रेलियाका क्रिस लिन, वेस्टइन्डिजका आन्द्रे रसेल र बंगलादेशका सकिब अल हसन जस्ता खेलाडी टोलीमा छन् ।
उता सन्दीप सम्मिलित सर्रेले आज मध्यराती १: १५ मा ब्राम्पटन वल्भ्ससँग खेल्नेछ । ब्राम्पटनमा विश्वकप छनोटमा सानदार प्रदर्शन गर्ने लोगन भान बिक, म्याक्स उडाउड, न्युजिल्यान्डका मार्क च्यापम्यान, कोलिन डि ग्रान्डहोम र भारतीय स्पिनर हरभजन सिंह जस्ता खेलाडी छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०८:१०
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
