मुम्बई – बलिउडमा सबैभन्दा चर्चित फिल्महरूको नाम आउँदा ‘मुगले आजम’, ‘शोले’, ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’, ‘हम आपके हैँ कौन’ आदि फिल्मको नाम आउँछ । अझ व्यापारसँगै वजनदार फिल्मको नाम लिनुपर्दा आमिरको ‘लगान’, ‘दंगल’ आदि नाम आउँछन् ।
अस्करको अन्तिम ५ को दौडमा सामेल हुन सफल ‘लगान’ले ४९ वटा अवार्ड जितेको रेकर्ड छ । तर बलिउडमा झण्डै सयको संख्यामा अवार्ड जितेको फिल्म छ र त्यसको नाममा सबैभन्दा बढी अवार्ड जित्ने रेकर्ड पनि छ ।
त्यो फिल्म हो सन् २००० मा रिलिज भएको ‘कहो ना प्यार है’ । ऋतिक रोशन र अमिषा पटेलको डेब्यू रहेको यो फिल्मले ९२ वटा अवार्ड जितेको थियो । योसँगै यो फिल्मलाई सन् २००२ मा बढी अवार्ड जित्ने फिल्मको रुपमा गिनिज वल्र्ड रेकर्डले प्रमाणपत्र दिएको थियो ।
सन् २००३ मा लिम्का वल्र्ड रेकर्डमा पनि यो फिल्मको नाम छ । १० करोडमा बनेको यो फिल्मले उसबेला ७८ करोड कमाइ गरेको थियो । यही फिल्मबाट राकेश रोशनले पहिलोपल्ट फिल्मफेयर अवार्ड जितेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
