काठमाडौं : गत शुक्रबारदेखि हलमा लागेको फिल्म ‘बगान’का अभिनेता तथा निर्देशक सरोज खनालले ३० वर्षअघि आफैंसँग अभिनय गरेकी ‘सान्नानी’ भेटेका छन्। फिल्म ‘बगान’ को प्रमोसनका क्रममा सरोजले ‘सान्नानी’की अभिनेत्री मेघा पोखरेललाई ३० वर्षपछि भेटेका हुन्।
आफैंसँग अभिनय गरेकी मेघाले सिभिल मलको हलमा दर्शकको भिडबाटै सरोजलाई मलाई चिन्नु भयो भनेर प्रश्न गरेकी थिइन्। मेघाले चिन्नुभयो भनेपछि सरोज अकमकिए।
सरोज अक्मकिनुका कारण छ। किनभने मेघाले फिल्म ‘सान्नानी’ पछि कहिं कतै पनि देखा परिनन्। उनी गुमनाम जस्तै थिइन्। सोही कुरालाई सरोजले सामाजिक सञ्जालमार्फत ‘२०५० साल तिर हराएकी सान्नानी आज बगानमा भेटिएको उल्लेख गरेका छन्।
खनालले सान्नानीलाई भेटेपछि लेखेका छन्, ‘उनले अभिनय गरेका २ चलचित्र ‘सोल्टिनी’ र ‘सान्नानी’ त्यतिबेला दर्शकले अत्यधिक मन पराएको सुपरहिट चलचित्र थियो। यी दुवै चलचित्र चल्नुको कारण उनको अभिनय थियो। सबै निर्माता र निर्देशक उनलाई आफ्नो फिल्ममा लिन लालायित थिए। तर सान्नानी खेलेपछि उनी एकाएक चलचित्र क्षेत्रबाट हराइन्। उनको धेरै खोजी भयो तर न उनलाई कसैले भेटे न उनी फर्केर आइन्।’
खनालले आफूले झट्ट देख्दा सान्नानीलाई नचिनेको र उनले हाँसेपछि मात्रै आफूले चिन्न सकेको बताए।
उनले भावुक हुँदै अगाडि लेखेका छन्,‘मलाई चिन्नु हुन्छ ?’ भन्दै उनी म तिर आइन्, मैले झट्ट उनलाई चिन्न सकिनँ। तर जब उनी हाँसिन्, मैले उनलाई चिने, ३० वर्षपछि पनि सान्ननीको हाँसो उस्तै थियो, सान्नानी र सोल्टिनी अर्थात नायिका मेघा पोखरेल।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
