काठमाडौं । सदाझैँ यस वर्षको पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिएका छन् । शनिबार निर्मल निवासमा अपरान्ह ४ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।
पूर्वराजाको हातबाट अभिनेत्री मनीषा कोइराला, नीति शाह, मिस नेपाल–२०२४ की विजेता आशमाकुमारी केसीलगायत विभिन्न नेता र कलाकारले टीका र जमरा लगाएका छन् ।
दशैंको मुख्य दिन शनिबार नेपालीहरुले मान्यजनको हातबाट शुभसाइतमा टीका लगाए । दशैंको टीका लगाउने क्रम पूर्णिमाको दिनसम्म चल्दछ । कुनैकुनै स्थानमा भने दशमीको दिनमा मात्र टीका लगाउने चलन छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २७ आश्विन २०८१, आईतवार १५:३८
सञ्चालनमा आयो पाँचतारे मर्क्युर होटल
पुलिसले जित्यो जय ट्रफीको उपाधि
अमेरिकी डलरको भाउमा नयाँ कीर्तिमान, आजको विनिमय दर यस्तो छ
हप्तामा दुई दिन खुला भेटघाट गर्न, नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई कांग्रेसको निर्देशन
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया