फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा विष्फोट हुँदा घाइते भएका एकै परिवारका दुई बालकको मृत्यु भएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दीलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो ।
विष्फोटमा परी घाइते भएकी प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको थियो । बिहीबार आइतराज केरुङको घरमा दिउँसो साढे ३ बजेतिर विष्फोट भएको थियो । दीलिपको परिवार केरुङको घरमा बस्दै आएका थिए ।
विष्फोटमा चार बालकालिका घाइते भएका थिए । घाइतेमध्ये ९ वर्षीय पवन र अर्का एक बालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले प्रारम्भिक अनुसन्धानमा विष्फोट भएको बस्तु ह्याण्ड ग्रिनेड भएको पत्ता लागेको बताएका छन् । उनका अनुसार विष्फोट भएको स्थान नजिकै अर्को बम जस्तो बस्तु पनि भेटिएको छ ।
हाल सो स्थानलाई नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएको छ । त्यो पनि विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल तर्फ गएको छ । सेनाको टोली पुगेपछि विस्फोट भएको र शंकास्पद वस्तुको बारेमा विस्तृतमा थाहा हुने प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १४ भाद्र २०८१, शुक्रबार ०९:१८
आज तीन संसदीय समितिको बैठक बस्दै
माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी
दूध पिउँदा आन्द्रा क्यान्सरको जोखिम कम हुन्छः अध्ययन्
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको मृत्यु
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष ‘२०२५’ को शुभारम्भ
१५ महिनापछि हमास–इजरायलबीच युद्धविराम, आजदेखि कार्यान्वयन हुने