काठमाण्डौ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
हिजो १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २१ पैसा र खरिददर १३३ रुपैयाँ ६१ पैसा थियो । भारतले बजेटमार्फत पुँजीगत लाभकर बढाएपछि अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको छ । नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनियम दर भएकाले भारतीय बजारमा तय हुने मूल्यका आधारमा नेपालमा डलरको मूल्य तय हुन्छ ।
फलस्वरुप भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँसमेत कमजोर हुन्छ । नेपाली बजारमा यसअघि २०७९ कात्तिक पहिलो हप्ता डलरको मूल्य १३३ रुपैयाँ १४ पैसासम्म पुगेर रेकर्ड कायम भएको थियो । त्यसपछि घटेर १३० रुपैयाँ हाराहारी रहेकोमा पोहोर असोजदेखि फेरि डलरको मूल्य बढ्न थालेको हो ।
डलर महँगो हुँदा रेमिट्यान्स आप्रवाह, वस्तु तथा सेवा निर्यात र पर्यटकबाट हुने आम्दानी बढ्छ । तर वस्तु तथा सेवा आयात र विदेशी ऋणको ब्याज भुक्तानीमा बढी रकम खर्च गर्नुपर्ने भएकाले डलर बढ्दा विदेशी मुद्रा सञ्चितीमा दबाब बढ्छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १० श्रावण २०८१, बिहीबार १०:२०
आज तीन संसदीय समितिको बैठक बस्दै
माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी
दूध पिउँदा आन्द्रा क्यान्सरको जोखिम कम हुन्छः अध्ययन्
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको मृत्यु
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष ‘२०२५’ को शुभारम्भ
१५ महिनापछि हमास–इजरायलबीच युद्धविराम, आजदेखि कार्यान्वयन हुने