
काठमाडौं । तराई जिल्लामा गर्मीले जनजीवन कष्टकर बनेको छ । पश्चिम तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । हिजो धनगढीको तापक्रम ४३ दशमलव ३ र नेपालगञ्जको तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो ।
जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा बुधवार २८ वर्षपछि उच्च तापक्रम मापन भएको जानकारी दिए । गएको वर्ष धनगढीको उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।
यस्तै नेपालगञ्जमा हिजो यसवर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, नेपालगञ्जकी इञ्जार्च मीना शिवाकोटीले नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको र यो वर्ष गर्मी शुरु भएयताकै सबैभन्दा धेरै भएको बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले केही दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । गर्मी बढेकाले काम नपरी घरबाट ननिस्कन, शीतलमा बस्न, बेलाबेला पानी र सर्वत तथा फलफूलको जुस पिउन प्रकोप विज्ञहरुको सुझाव छ ।
Sudina Shrestha
प्रकाशित: १७ जेष्ठ २०८१, बिहीबार ०९:०८
पूर्व राष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा सुविधा त्याग

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

प्रधानमन्त्री ओलीको स्पेनका व्यवसायी र लगानीकर्तासँग छलफल

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर

इन्डोनेसियाको बाली नजिक जहाज डुब्दा दुई जनाको मृत्यु, ४३ जना बेपत्ता

महिला एसियन कप छनोटः नेपाल र उज्बेकिस्तानको अंक र गोल दुवै बराबर
