काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउँदै छन् । राष्ट्र प्रमुखसमेत रहेका थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगलबार नेपाल आउन लागेका हुन् ।
थानीले दुई निजी विमान ल्याउनेछन् । त्यसका साथै उनको भ्रमणदलमा कतारका उच्च अधिकारीहरू पनि रहनेछन् । थानीले मंगलबारै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भने उनले बुधबार भेटवार्ता गर्ने कार्यक्रम छ । यो भ्रमणका क्रममा केही सम्झौता तथा समझदारी पनि हुने बताइएको छ । उनी बुधबार स्वदेश फर्कनेछन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १० बैशाख २०८१, सोमबार ०८:३७
आज तीन संसदीय समितिको बैठक बस्दै
माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी
दूध पिउँदा आन्द्रा क्यान्सरको जोखिम कम हुन्छः अध्ययन्
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको मृत्यु
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष ‘२०२५’ को शुभारम्भ
१५ महिनापछि हमास–इजरायलबीच युद्धविराम, आजदेखि कार्यान्वयन हुने