सिरहा । सिरहाको सुखिपुर–४ स्थित पोखरीयाबाट साउन २ गते करीव ७१७ केजी गाँजा बरामद भएको छ । सोही ठाउँमा रहेको एक घरको विभिन्न कोठामा लुकाई छिपाई राखेको २७ वटा पोकामा प्लाष्टिक र बोरामा राखिएको अवस्थामा सो गाँजा फेला परेको हो ।
सो स्थानमा गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सुखिपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक अनिल कुमार यादवको कमाण्डमा खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।
बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-18
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
