काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पार्टीको विद्यान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विद्यानको संशोधनमाथि गम्भीरताका साथ छलफल र बहसमा सहभागी हुन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पोलिटब्यूरोका सदस्यहरुले गंभीरताका साथ छलफल वहसमा सहभागी हुने र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
पोखरेलले लेखेका छन्- पार्टीको बिधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गंभीरताका साथ छलफल गरियो । आज पोलिटब्यूरो सदस्यहरूका विचमा छलफल हुनेछ ! पोलिटब्यूरोका सम्पूर्ण कमरेडहरू गंभीरताका साथ छलफल वहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुनेछ !
विहिबार राति सम्पन्न केन्द्रीय सचिवालय बैठकले २५१ सदस्यीय केन्द्रीय कमिटी, १५ सदस्यीय पदाधिकारी रहने नयाँ विधान स्वीकृत गरेको छ भने ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने व्यवस्था गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-18
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
