
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) लाई ‘विदेशी आतंकवादी संगठन’ घोषणा गर्ने अमेरिकी निर्णयको स्वागत गरेका छन् ।
विदेशमन्त्री एस जयशंकरले यस निर्णयको लागि अमेरिकी विदेश विभाग र विदेशमन्त्री मार्को रुबियोको प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जाल लेखेका छन्- ‘यो आतंकवादविरुद्ध भारत र अमेरिका बीचको बलियो सहयोगको प्रमाण हो ।’
अमेरिकी विदेश विभागले टीआरएफलाई ‘विदेशी आतंकवादी संगठन’ घोषित गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै टीआरएफ लश्कर-ए-तैयबाको एक मोर्चा भएको जनाउदै विदेशी आतंकवादी संगठन भएको जानकारी दिएको छ । विज्ञप्तिमा लश्कर-ए-तैयबाको एक मोर्चा, टीआरएफले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणको जिम्मेवारी लिएको र यसमा २६ जना मारिएको उल्लेख छ ।
अमेरिकाले भनेको छ- ‘यो २००८ को मुम्बई आक्रमण पछि भारतमा नागरिकहरूमाथि भएको सबैभन्दा घातक आक्रमण थियो, जुन लश्कर-ए-तैयबाद्वारा गरिएको थियो । टीआरएफले भारतीय सुरक्षा बलहरूमाथि भएका धेरै आक्रमणहरूको जिम्मेवारी पनि लिएको छ, जसमध्ये सबैभन्दा पछिल्लो २०२४ मा भएको थियो ।’
pratikshya
प्रकाशित: ३ श्रावण २०८२, शुक्रबार १२:३२
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
