काठमाडौँ । अमेरिकाले ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) लाई ‘विदेशी आतंकवादी संगठन’ घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै टीआरएफ लश्कर-ए-तैयबाको एक मोर्चा भएको जनाउदै विदेशी आतंकवादी संगठन भएको जानकारी दिएको छ ।
विज्ञप्तिमा लश्कर-ए-तैयबाको एक मोर्चा, टीआरएफले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणको जिम्मेवारी लिएको र यसमा २६ जना मारिएको उल्लेख छ ।
अमेरिकाले भनेको छ- ‘यो २००८ को मुम्बई आक्रमण पछि भारतमा नागरिकहरूमाथि भएको सबैभन्दा घातक आक्रमण थियो, जुन लश्कर-ए-तैयबाद्वारा गरिएको थियो । टीआरएफले भारतीय सुरक्षा बलहरूमाथि भएका धेरै आक्रमणहरूको जिम्मेवारी पनि लिएको छ, जसमध्ये सबैभन्दा पछिल्लो २०२४ मा भएको थियो ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-18
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
