काठमाडौँ । क्यानेडियन फरवार्ड ओलिभिया स्मिथ महिला फुटबल इतिहासकै सबैभन्दा महँगो खेलाडी बनेकी छिन् ।
उनलाई फुटबल क्लब आर्सनलले एक मिलियन पाउण्ड अर्थात १.३४ मिलियन डलरमा लिभरपुलबाट किनेको हो ।
२० वर्षीया स्मिथले १५ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकी थिइन् । अब उनले च्याम्पियन्स लिग होल्डर क्लब आर्सनलसँग चार वर्षे सम्झौतामा हस्ताक्षर गरेकी छिन् ।
उनको सम्झौताले जनवरीमा अमेरिकी डिफेन्डर नाओमी गिरमासँग चेल्सीको सम्झौताको रेकर्ड तोडेको छ । चेल्सी क्लबले नाओमीसँग ९ लाख पाउण्डमा सम्झौता गरेको थियो ।
स्मिथले लिभरपुलमा गत सिजनमा २० खेलमा २२ गोल गरेकी थिइन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-18
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
