काठमाडौँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गरेको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको मन्त्रिस्तरीय बैठकले न्यूनतम पारिश्रमिक निर्धारण गरेको मन्त्रालयले जनाएको छ ।
बिहीबार मन्त्रालयले चिया बगानबाहेकका श्रमिकका हकमा लागु हुनेगरी निर्धारण गरिएको पारिश्रमिकअनुसार मासिक आधारभूत पारिश्रमिक १२ हजार १७० र महँगी भत्ता ७ हजार ३८० गरेर १९ हजार ५५० निर्धारण गरेको छ ।
यस्तै दैनिक ज्यालादारीका हकमा आधारभूत ज्याला ४७० र महँगी भत्ता २८४ सहित ७५४ तोकिएको छ । यस्तै प्रतिघण्टाका हकमा १०१ रुपैयाँ र आंशिक काम मात्र गर्ने कामदारका हकमा प्रतिघण्टा न्यूनतम १०७ रुपैयाँ निर्धारण गरिएको छ ।
श्रम ऐन, २०७४ को दफा १०६९१० बमोजिम प्रत्येक दुई वर्षमा दफा १०७ बमोजिमको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा श्रम मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण गर्ने व्यवस्था छ ।
यसअघि नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको त्रिपक्षीय बैठकले न्यूनतम पारिश्रमिक निर्धारण गर्न सिफारिस गरेको थियो । यसअघि श्रमिकको न्ययूनतम पारिश्रमिक १७ हजार ३०० रहेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-18
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
