काठमाडौँ । सन्तोष सेनको नयाँ फिल्म बलिदानको प्रचार शुरु गरिएको छ । निर्देशक सेनले बालाजुस्थित ल्होत्से मलमा सिनेमाटिक पोष्टर राखेर फिल्मको प्रचारको शुरुवात गरेको जानकारी दिएका छन् ।
बिहीबार ६० फिट लामो पोस्टर गोंगबुस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता समीर भट्टलाई रगतले लतपतिएका र रिसाएको मुद्रामा देखाइएको छ ।
निर्देशक सेनले एउटा सिनेमाटिक क्रान्तिको सुरुवात भन्दै विभिन्न चरणको छायांकन, सम्पादन र सृजनात्मक परिश्रमपछि गर्वका साथ बलिदान केवल चलचित्र नभएर अब एउटा अभियान बनिसकेको बताएका छन् ।
यस अघि प्रेमगीत( ३ निर्देशन गरेका सेनको यो दोस्रो निर्देशकीय फिल्म हो । फिल्ममा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, सन्तोष सेन, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतको अभिनय रहेको छ । यो फिल्म यसपालिको दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शन आउदैछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-18
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
