
बनेपा । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक-सिन्धुली खण्डमा आजदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धुलिखेलमा सम्पन्न सुरक्षा समिति बैठकले विपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि राति सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
हाल मनसुन सक्रिय रहेकाले सम्भावित विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि उल्लेखित क्षेत्रमा एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको छ ।
यसअघि असार ६ गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्ला सुरक्षा समिति, अन्तरजिल्ला समन्वय समितिको बैठकले बीपी राजमार्गमा सुरुमा असार ७ गतेदेखि साँझ ६स् ३० बजेदेखि बिहान ६ बजेसम्म र पछि त्यसलाई असार मसान्तसम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
Sudina Shrestha
प्रकाशित: २ श्रावण २०८२, बिहीबार ०८:५७
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
