काठमाडौँ । भक्तपुर मालपोतका कार्यालय प्रमुख कुमार आचार्य २४ लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउन लिएको २४ लाख ५० हजारसहित मंगलबार मालपोत कार्यालय भक्तपुरको परिसरबाट आचार्य, नायब सुब्बा दिपक प्रसाद अधिकारी र कार्यालय सहयोगी टिकाराम राउत पक्राउ परेका छन् ।
कार्यालय प्रमुख आचार्यको साथबाट मोवाइल डिभाइस थान(२ र नायब सुब्बा अधिकारीको साथबाट मोबाइल थान(१ तथा कार्यालय सहयोगी राउतको साथबाट मोवाइल थान(१ सहित घुस रकम बरामद गरेर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-16
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
