काठमाडौं । स्विडेन र जर्मनी जारी महिला युरो कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् ।
स्वीजरल्याण्डमा जारी प्रतियोगिताको समुह सी अन्तर्गतको अन्तिम खेलमा स्विडेनले जर्मनीमाथि ४-१ को जित हासिल गर्दै समुह चरणमा अपराजित भएर क्वाटरफाइनलमा पुगेको छ । स्विडेनको ३ खेलमा ९ अंक रहेको छ । त्यस्तै जर्मनी उपविजेता हुदै क्वाटरफाइनलमा पुगेको छ । जर्मनीको ३ खेलमा ६ अंक रहेको छ । यस समुहबाट पोल्याण्ड र डेनमार्क बाहिरिएका छन् ।
अब स्विडेन र जर्मनीले क्वाटरफाइनलमा समुह डी का विजेता र उपविजेतासँग खेल्ने छन् । यस अघि नर्वे, इटाली, स्पेन र स्वीजरल्याण्ड युरोकपको क्वाटरफाइनलमा पुगिसकेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-13
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
