काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिताको दोश्रो संस्करणको अक्सनका लागि खेलाडी दर्ता खुला गरेको छ ।
क्यानले हालै फ्रेन्चाईज टोलीबाट रिलिज भएका खेलाडी तथा एनपीएल अक्सनमा सहभागी हुन चाहने सम्पुर्ण नेपाली खेलाडीहरुले https://npl-t20.com/registration लिंक मार्फत आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ ।
अक्सन प्रकृयामा सहभागी हुने खेलाडीहरुलाई A, B, C गरी ३ श्रेणीमा विभाजन गरिएको र खेलाडीहरुले आफ्नो ईच्छा अनुरुप कुनै पनि श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्ने क्यानले बताएको छ ।
साथै खेलाडी दर्ता शुल्क प्रति खेलाडी एक हजार तोकिएको छ भने दर्ता गर्ने अन्तिम समय २०८२ साल साउन ६ गते अर्थात् जुलाई २२ सम्म रहेको क्यानले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-13
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
