कति पुगे एनआरएनएका सदस्य ?

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का लागि सन् २०२५–२०२७ कार्यकालको सदस्यता संकलन तीव्र गतिमा भइरहेको छ ।

२०२५ जुलाई ११ सम्मको तथ्यांकअनुसार कुल ६८ हजार ६५१ जना सदस्यता आवेदन स्वीकृत भइसकेको छ भने थप ५ हजार १९८ नयाँ आवेदन स्वीकृतिको प्रक्रियामा रहेका छन् । संसारभरका ५६ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मार्फत सदस्यता संकलन भैरहेको छ ।

देश अनुसार सदस्यता विवरण (स्वीकृत)

जापान – १८,३९३ सदस्य, अष्ट्रेलिया – १५,५५१ सदस्य,  संयुक्त राज्य अमेरिका – ९,६७१ सदस्य, बेलायत – ३,५०८ सदस्य, साउदी अरेबिया – ३,१२७ सदस्य, क्यानडा – ५,७५० सदस्य, कतार – १,१२४ सदस्य, आयरल्याण्ड – १,४०२ सदस्य, संयुक्त अरब इमिरेट्स (यूएई) – १,९२० सदस्य ।

क्षेत्रगत सदस्य संख्या (स्वीकृत) :

एशिया प्यासिफिक: १९,९११, ओसियानिया: १६,५३६, मेरिकाज: १५,४२१, युरोप: ९,८११, मध्यपूर्व: ६,३५७ र अफ्रिका: ६१५ ।

क्षेत्रगत सहभागिता (प्रतिशतमा)

एशिया प्यासिफिक: २९.०%, ओसियानिया: २४.१%, अमेरिकाज: २२.५%, युरोप: १४.३%, मध्यपूर्व: ९.३% र अफ्रिका: १% ।

गैरआवासीय नेपाली संघले स्मार्ट एनआरएनए (Smart NRNA) मोबाइल एपमार्फत सदस्यता प्रणालीलाई थप सहज, पारदर्शी र आधुनिक बनाएको जनाएको छ । आगामी दिनहरूमा बाँकी सदस्यता आवेदन स्वीकृति भएपछि यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

हालसम्म, ५६  वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरू एमआइएस प्रणालीमा आबद्ध भइसकेका छन् । जापान र अष्ट्रेलियामा सदस्यता वितरण सकिएको छ, जसमा जापान शीर्ष स्थानमा देखिएको छ भने अष्ट्रेलियाको सहभागिता पनि उल्लेखनीय छ। यस्तै क्यानाडा, न्युजिल्यान्ड, आयरल्याण्ड, साउदी अरेबियामा, साउथ सुडान, फ्रान्समा पनि सदस्यता वितरण सकिसकेको छ ।आगामी दिनहरूमा बाँकी परिषद्हरूको सदस्यता आवेदन स्वीकृति पश्चात् यो संख्या अझै बढ्ने अपेक्षा गरिएको एनआरएनए ले जनाएको छ ।

pratikshya

प्रकाशित: २७ असार २०८२, शुक्रबार १५:१३