
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।
अख्तियारले केन्द्रका लागि उच्च कम्प्युट पूर्वाधारको आपूर्ति, डेलिभरी, स्थापना र सञ्चालनको लागि भएको खरिद प्रक्रियामा अनियमितता गरेको आरोप लगाएको छ । अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निम बहादुर वली र वर्ल्ड डीष्ट्रीव्युसन नेपाल प्रा.लि. कान्तिपथ, काठमाडौंका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठले आपसी मिलोमतो तथा योजनामा गैरकानूनी लाभ पुर्याउने तथा नेपाल सरकारलाई १५ करोड ८८ लाख ५० हजार हानी पुर्याउने काम गरेको आरोप लगाएको छ ।
अख्तियारले सबैलाई जनही त्यति नै रकम बराबरीको बिगो माग गर्दै शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
pratikshya
प्रकाशित: २७ असार २०८२, शुक्रबार १४:३३
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
