काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आर्थिक गतिविधि बढाउन लचिलो मौद्रिक नीति ल्याइएको बताएका छन् ।
शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. पौडेलले अधिक तरलता कायम भई कर्जाको गुणस्तर घट्दा चुनौती थपिएको बताउदै मौद्रिक नीति मार्फत समस्या समाधानको पहल गरिएको बताएका छन् ।
नेपाल राष्ट बैंकले मौद्रिक नीतिमार्फत समास्याग्रस्त व्यवसायलाई सहजीकरण गर्ने भएको छ । जस अन्सुआर १० प्रतिशत ऋण बुझाएमा ऋणको पुनर्संरचना हुने व्यवस्था मौद्रिक नीतिले गरेको छ । त्यस्तै मौद्रिक नीतिमा घर कर्जा सीमा बढाइएको छ । अब निजी घर बनाउन कर्जा सीमा बढाएर तीन करोड रुपैयाँ पुर्याइएको छ यो यसअघि दुई करोड थियो ।
त्यस्तै राष्ट्र बैंकले ब्याजदर थप घटाउन नरम नीति ल्याएको छ । मौद्रिक नीतिमा ब्याजदरको माथिल्लो सीमालाई साढे ६ प्रतिशतबाट ६ प्रतिशतमा झारिएको छ भने नीतिगत दर ५ प्रतिशतबाट साढे ४ प्रतिशतमा झारिएको छ । त्यस्तै ब्याजदरको तल्लो सीमा ३ प्रतिशतबाट २.७५ प्रतिशत कायम गरिएको छ ।
त्यस्तै अब विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने भएका छन् । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यसअघि २५ सय डलर रहेकोमा अब ३ हजारसम्म सटहीको सुविधा दिने भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-11
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
