काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय एकता अभियानबीच पार्टी एकता हुने भएको छ ।
शुक्रबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा दुबै पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको थियो । छलफलपछि आगामी साउन २ गते राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गरी पार्टी एकता गर्ने सहमति भएको हो ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमले हस्ताक्षेर गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष क.माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क.वामदेव गौतमसहितका नेताहरुबीच छलफल हुदाँ राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो। साथै २०८२ साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमतिभयो।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-11
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
