काठमाडौँ । राप्रप्राका संस्थापक एवं वरिष्ठ नेता बलराम घर्ती मगरको निधन भएको छ ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार घर्ती मगरको शुक्रबार ललितपुरस्थित बिएण्डबी हस्पिटलमा उपचारका क्रममा निधन भएको छ ।
श्रेष्ठले नेता घर्ती मगरको निधनबाट राप्रपाले एकजना अभिभावक र देशले होनहार राष्ट्रवादी व्यक्तित्व गुमाएको बताएका छन् ।
पञ्चायतकालदेखि राजनीतिमा सक्रिय रोल्पाका ८७ बर्षिय घर्तिमगर ११ पटक मन्त्री भएका थिए । हाल उनी राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य थिए । घर्तिमगरका श्रीमती र ७ छोरी छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-11
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
