
काठमाडौँ । नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टिमले आज साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत पहिलो खेल खेल्दैछ ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा आज भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार साँझ ६: ४५ बजेदेखि शुरु हुदैछ । बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुने यो खेलको प्रत्यक्ष प्रशारण ‘Sportzworkz’ युट्युब च्यानलबाट हुने एन्फाले जानकारी दिएको छ ।
साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय यू-२० महिला टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले बिर्साना चौधरीको कप्तानीमा २३ खेलाडी छानेका छन् ।
गोलकिपरः लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ ।
डिफेन्डरः सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पाण्डक, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई र सीता रोकाया ।
मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (कप्तान) र सेनु परियार ।
फरवार्डः कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।
त्यस्तै नेपाली यू-२० महिला टिममा यमप्रसाद गुरुङ (मुख्य प्रशिक्षक), इन्दु दुवाल (टिम म्यानेजर), सन्देशकुमार श्रेष्ठ (सहायक प्रशिक्षक), किरणकुमार कार्की (सहायक प्रशिक्षक), मीनबहादुर बस्नेत (गोलकिपिङ प्रशिक्षक), विशाल कोजु श्रेष्ठ (आधिकारीक), पूर्णिमा घिसिङ (फिजिस्ट्रेस) र पूर्निमा घिसिङ (फिजिस्ट्रेस) रहेका छन् ।
प्रतियोगिता आजदेखि जुलाई २२ सम्म बंगलादेशमा हुदैछ । यस प्रतियोगित मा नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिदैछन् । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।
यस प्रतियोगितामा नेपालले आज भुटानविरुद्ध, जुलाई १३ मा बंगलादेशविरुद्ध, जुलाई १५ मा श्रीलंकाविरुद्ध खेल्ने तालिका छन् । त्यस्तै नेपालले जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।
pratikshya
प्रकाशित: २७ असार २०८२, शुक्रबार १२:३७
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
