काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले केरुङमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल ल्याउन सरकारसँग माग गरेका छन् ।
नेता कोइरालाले व्यवसाय र कामको लागि केरुङ गएका नेपालीहरु अलपत्र परेको र उनीहरुलाई खाद्यान्न, बास र औषधीको समेत अभाव हुन थालेको उल्लेख गर्दै चीन सरकारसँग समन्वय गरी ती नेपालीहरुलाई तुरुन्त बैकल्पिक मार्गवाट नेपाल ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
उनले भनेका छन्- ‘रसुवागढीमा आएको बाढीका कारण उक्त नाकाबाट नेपाल चीन आवत जावत बन्द भएको छ । जसले गर्दा व्यवसाय र कामको लागि केरुङ गएका धेरै नेपालीहरु त्यहीं अलपत्र परेका छन् । उनीहरुलाई खाद्यान्न, बास र औषधीको समेत अभाव हुन थालेको छ । चीन सरकारसँग समन्वय गरी ती नेपालीहरुलाई तुरुन्त बैकल्पिक मार्गवाट नेपाल ल्याउन म सरकारसँग आग्रह गर्दछु ।’
जिल्ला प्रशासन कार्यलय रसुवाका अनुसार हाल केरुङमा ९१ नेपाली रहेका छन् । उनीहरुलाई चिनियाँ पक्षले हाल खान, बस्न, औषधि उपचार र अन्य आवश्यक प्रबन्ध गरिरहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-11
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
