
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले केरुङमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल ल्याउन सरकारसँग माग गरेका छन् ।
नेता कोइरालाले व्यवसाय र कामको लागि केरुङ गएका नेपालीहरु अलपत्र परेको र उनीहरुलाई खाद्यान्न, बास र औषधीको समेत अभाव हुन थालेको उल्लेख गर्दै चीन सरकारसँग समन्वय गरी ती नेपालीहरुलाई तुरुन्त बैकल्पिक मार्गवाट नेपाल ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
उनले भनेका छन्- ‘रसुवागढीमा आएको बाढीका कारण उक्त नाकाबाट नेपाल चीन आवत जावत बन्द भएको छ । जसले गर्दा व्यवसाय र कामको लागि केरुङ गएका धेरै नेपालीहरु त्यहीं अलपत्र परेका छन् । उनीहरुलाई खाद्यान्न, बास र औषधीको समेत अभाव हुन थालेको छ । चीन सरकारसँग समन्वय गरी ती नेपालीहरुलाई तुरुन्त बैकल्पिक मार्गवाट नेपाल ल्याउन म सरकारसँग आग्रह गर्दछु ।’
जिल्ला प्रशासन कार्यलय रसुवाका अनुसार हाल केरुङमा ९१ नेपाली रहेका छन् । उनीहरुलाई चिनियाँ पक्षले हाल खान, बस्न, औषधि उपचार र अन्य आवश्यक प्रबन्ध गरिरहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ ।
pratikshya
प्रकाशित: २७ असार २०८२, शुक्रबार १२:३४
बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
